४ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट


प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर आज प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्टमित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे ।

प्रधानमन्त्रीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सुखद यात्राको कामना गरे । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाए ।

चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !