६ जेष्ठ २०८१, आइतबार

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव


lamkhutte

३१ असार, चितवन । वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् ।

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण र यो समयमा भौतिक निर्माणले खाल्टाखुल्टीसमेत बढ्ने हुँदा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने बताउनुहुन्छ ।

डेङ्गु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ । डेङ्गु मात्रै होइन, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत रोग लामखुट्टेबाटै सर्छ । डा अधिकारी भन्नुहुन्छ, “यो समयमा लामखुट्टेबाट बच्नु भनेको धेरै रोगबाट बच्नु हो ।”

लामखुट्टेबाट सर्ने रोगबाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि यही बेलामा बढी संक्रमण हुने डा अधिकारी बताउनुहुन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले भएको बताउनुहुन्छ । उहाँ डेङ्गुको संक्रमणप्रति सचेत हुन सर्वसाधारणलाई आग्रह पनि गर्नुहुन्छ । हरेक साउनदेखि कात्तिकसम्म डेङ्गु रोग लाग्ने खतरा हुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !