३ फाल्गुन २०८२, आइतबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ


प्रदीप अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज बुधबार पक्राउ गरेको हो ।

अख्तियार स्रोतका अनुसार अधिकारी कार्यालय उपस्थित भएपछि नियन्त्रणमा लिएको हो । आयोगले बुधबार नै विशेष अदालतमा मुद्दा दायरका लागि लिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !