२ फाल्गुन २०८२, शनिबार

राष्ट्रपति पौडेलले आम नागरिकलाई दसैँको टीका नलगाउने


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु हुने भएको छ ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !