
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
अन्तरिम आदेश छलफल नसकिएपछि घिसिङ र शाक्यको रिट बुधबार पनि हेर्दाहेर्दैमा परेको हो । बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा भोलि बिहीबारका लागि पेसी तोकिएको हो ।