काठमाडौँ । राजधानी काठमाडौँको टोखामा प्रहरीले गोली हानेर गोठाटार हत्याकाण्डका अभियुक्त गुड्ड पटेललाई पक्राउ गरेको छ । २०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या प्रकरणका अभियुक्त पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज आइतबार गोली चलाएर पटेललाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार पटेल २०७९ मा लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी हुन् ।
दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या भएको थियो । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।

प्रहरीले तीन राउन्ड गोली चलाएकोमा एक राउन्ड गोली पक्राउ परेका पटेललाई लागेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी बस्नेतका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।
यो पनि पढ्नुहोस्












