२३ पुस २०८१, मंगलबार

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु


रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

काठमाडौँ । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि निर्माण गरिएको पर्खाल भत्किदा ५ जनाको मृत्यु भएको छ ।

सुनछहारी-३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

आज बिहान ९:५० बजे ढिस्को खस्दा पुरिएर मृत्यु हुनेहरुमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षीय देवीराम परियार, ४० वर्षीया सुबित्रा परियार र वर्ष २७ की आइती परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ३ पुरुष र २ महिलाको शव निकालिएको छ । ढिस्को खस्दा २ जना भागेर जोगिन सफल भएकाहरुको अवस्था सामान्य रहेको छ ।

सबै शवको सनाखत भएको जिल्ला प्रहरी कार्यलयले जनाएको हो । एल.बि.एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत झोलुङ्गे पुल निर्माणमा ७ जनाले काम गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !