३ कार्तिक २०८१, शनिबार

पूर्वगृहमन्त्री लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने


पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।

आज शनिबार सार्वजनिक बिदा परेका कारण भोलि आइतबार मात्रै अदालतमा उपस्थित गराइने भएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध हिजो पक्राउ पूर्जी जारी गरेपछि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले उनलाई हिजै पक्राउ गरेर स्थलमार्गबाट कास्की पुर्याइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !