१५ आश्विन २०८१, मंगलबार

अन्तत: रिहा भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं


अन्तत: रिहा भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी आज मंगलबार बेलुका रिहा भएका हुन् ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश दिएका थिए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !