पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको प्यास नगरपालिका- ३ मादीपुल नजिक सडक भासिएपछि एकतर्फी रुपमा सञ्चालन गरिएको सडकखण्ड । अविरल वर्षाका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएपछि सडक मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस
दमौली, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए ।