७ असार २०८१, शुक्रबार

रुपन्देहीमा कार दुर्घटना : तीनजनाको मृत्यु, दुई घाइते


दुर्घटना

रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको कार गएराति साढे ८ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा-३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेका थिए । कार सडकबाट एक सय मिटर तल खसेको थियो ।

सो दुर्घटनामा बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !