१२ आश्विन २०८१, शनिबार

नेपाल प्रहरीका ४ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस


प्रहरी प्रधान कार्यालय

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो शुक्रबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

एसपी बढुवा सिफारिसमा पर्ने डिएसपीहरूमा पहिलो नम्बरमा प्रदिपबहादुर क्षेत्री रहेका छन् भने दोस्रो नम्बरमा नारायण रञ्जितकार, तेस्रोमा अनन्तराम शर्मा र चौथो नम्बरमा एक नारायण कोइराला रहेका छन् ।

क्षेत्री अपराध अनुसन्धान विद्यालय मानवस्रो व्यवस्थापन शाखा, महाराजगन्ज, रञ्जितकार नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलान्चोक, शर्मा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा र कोइराला नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय /परिचालन शाखा सामाखुशी, काठमाडौंमा कार्यरत छन् ।

नेपाल प्रहरीका ४ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !