१५ मंसिर २०८१, शनिबार

एमालेको महिला भेलामा २२९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’


एमालेको महिला भेला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा २२९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिए । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिए ।

“हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ”, उनले अन्य मुलुकमा स्तन क्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भने । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !