![डढेलो](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/04/Morang-Belbari-Aaglagi-Dadelo_Fire.jpg?fit=1024%2C576&ssl=1)
ललितपुर । ललितपुरमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको हो ।
आगलागी निभाउने क्रममा दुई जना घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी;ले बताएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए ।
उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएकोमध्ये शङ्कर प्रहरीको मृत्यु भएको हो । ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।