१५ जेष्ठ २०८१, मंगलबार

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश


Nepalpatra

३ असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गर्नुभएको छ ।

विधेयक प्रस्तुत गर्दै उहाँले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको हो भन्नुभयो ।

यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण शिवाकोटी र चक्रप्रसाद स्नेहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !