१० जेष्ठ २०८१, बिहिबार

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने लामा पक्राउ


पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चलाउनेमाथि आक्रमण गर्ने लामालाई आज पक्राउ गरेको हो ।

कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका लामा काठमाडौँको टोखाबाट पक्राउ परेका हुन् । गत मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको थियो । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।

नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !