२० बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


दुर्घटना

काठमाडौँ । काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

यता ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !