४ असार २०८१, मंगलबार

पाल्पा जीप दुर्घटना : ८ जनाको घटनास्थलमा मृत्यु, १८ जना घाइते


पाल्पा जीप दुर्घटना

रामपुर, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !