२ असार २०८१, शनिबार

तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना हुँदा दुई जनाको मृत्यु


दुर्घटना

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !