६ जेष्ठ २०८१, आइतबार

काठमाडौंमा नक्कली मदिरा बनाउने दुई कारखानामा प्रहरीको छापा


नक्कली मदिरा

काठमाडौं । काठमाडौंमा नक्कली मदिरा बनाउने दुई कारखानामा प्रहरीले छापा मारेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाउने गिरोहलाई पक्राउ गरेको हो ।

स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९ जना छन् ।

नक्कली रक्सी उत्पादन गर्ने कारखा सञ्चालसहितलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !