९ मंसिर २०८१, आइतबार

भूकम्प अपडेट : १४३ जनाको मृत्यु, १६६ जना घाइते


जाजरकोट भूकम्प

कर्णाली । गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको १४३ जना पुगेको छ भने भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको हो ।

प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !