५ जेष्ठ २०८१, शनिबार

पाल्पामा जीप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु


पाल्पामा जीप दुर्घटना

रामपुर, पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !