९ जेष्ठ २०८१, बुधबार

११ किलो सुन तस्करी प्रकरण : थप एक जना चिनियाँ नागरिक पक्राउ


आगर लामा

काठमाडौँ । ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।११ किलो सुन तस्करी प्रकरणमा काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।

दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने आगर चीनको तिब्बत स्थायी ठेगाना भएका हुन् । उनकै निर्देशनमा सुन तस्करी भएको हुनसक्ने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दोलखा हुँदै सुन काठमाडौँ ल्याउने तस्करहरूको योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो ।

यो प्रकरणमा यसअघि पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !