११ असार २०८१, मंगलबार

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने


सर्वोच्च अदालत

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।

आज आइतबार उक्त रिट निवेदन सर्वोच्च न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।न्यायाधीशद्वय प्रधान र माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो ।

न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !