३ असार २०८१, आइतबार

पेप्सीकोला दुर्घटना (अपडेट) : एक जनाको मृत्यु, सातजना घाइते


पेप्सीकोला दुर्घटना

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भट्टराईको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोटेश्वर प्रहरीका अनुसार आज बिहान ७:४५ बजे पेप्सीकोला–काँडाघारी सडकखण्डमा बा २ ज ४८४८ नम्बरको बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

आज बिहान पौने आठ बजेको समयमा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको बोलेरो जिप‚ बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

अनियन्त्रित रहेको बसले तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो । घाइतेहरुलाई घटनास्थल नजिकको मदरल्याण्ड अस्पताल लगिएको छ भने अन्य घाइतेहरुलाई मीनभवनस्थित सिभिल अस्पतालमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !