८ बैशाख २०८१, शनिबार

हेर्नुहोस को-को छन नक्कली प्रमाणपत्रका आधारमा भएका डाक्टर


fake doctor

६,असार काठमाडौ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए ।

करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको हो । आफ्ना लगभग सम्पूर्ण जनशक्ति अपरेसन क्वाकमा परिचालन गरेको सिआइबीले ३६ जना ‘डाक्टर’लाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंका अस्पतालबाट १३ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।

यसैगरी ललितपुरबाट २ जना, इटहरीबाट १, बिराटनगरबाट ३, झापाबाट १, धनुषाबाट २, विरगञ्जबाट ९, चितवनबाट ३, पोखराबाट १ र दाङबाट १ जना पक्राउ परेका छन् । काठमाडौंको अपरेशनमा ट्रमा सेन्टर र नर्भिकसहित कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, लोकहित क्लिनिकमा नक्कली डाक्टर भेटिएको सिआइबी स्रोतले जानकारी दियो । ट्रमा सेन्टर भारतले बनाइदिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पताल हो भने नर्भिक निजी लगानीको ठूलो अस्पताल हो ।

 

हेर्नुहोस को-को छन नक्कली प्रमाणपत्रका आधारमा भएका डाक्टर:Fake doctor list

fake doctor list


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !