२४ बैशाख २०८१, सोमबार

सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु


दुर्घटना

विराटनगर । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीमा ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन् । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो शुक्रबार राति राति १०ः४० बजे इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे ठोक्किएका थिए । पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ४ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पिकअप चालक भारत दार्जिलिङ निवासी गोविन्द वरमुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !