८ जेष्ठ २०८१, मंगलबार

राखेपद्वारा राष्ट्रपति भण्डारीलाई अभिनन्दन


bidhya-bhandari

१७ जेठ, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ ।

राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उहाँको सफल कार्यकालको शुभकामनासमेत दिएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली खेल क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने कुरा खेलकूद क्षेत्रका नेतृत्वकर्ताको कौशलतामा पनि भर पर्छ, नेपाल सरकारले त्यसबारे सहयोग गर्छ, तर विषय विज्ञताका हिसाबले यो क्षेत्रको विकासका लागि खेलकूद क्षेत्रकै नेतृत्वकर्ताले नेतृत्व गर्नुपर्छ । ”

राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकूद क्षेत्र सफलतातर्फ नै अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न चुनौतीलाई सामना गर्दैै खेल क्षेत्रको विकास र समृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !