७ जेष्ठ २०८१, सोमबार

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


नारायणगढ-मुग्लिन सडकमा पुनः पहिरो फाइल फोटो

भरतपुर । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !