२२ भाद्र २०८१, शनिबार

तनहुँको आँधिखोलामा घरमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, ५ जना घाइते


तनहुँको आँधिखोला

दमौली । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका-५ आधिखोलामा ट्रकले घरमा ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

आज बिहान साँढे ९ बजेको समयमा सडकमा गुडिरहेको ट्रकले घरमा ठक्कर दिदाँ उक्त दुर्घटना हुन पुगेको हो । उक्त दुर्घटनामा घाइतेलाई उपचारका लागि तत्काल आँबुखैरेनी स्थित अस्पतालमा लगिएको भएपनि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका-१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेल रहेका छन् ।

उक्त दुर्घटनाका कारण अहिले पृथ्वीराजमार्ग अवरुद्ध हुन पुगेको छ । घटनास्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । घटनाको विषयलाई लिएर स्थानीयहरुले आक्रोश व्यत्तः गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !