काठमाडौँ । गोरखा जिल्लाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखाको बलुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का गोरखा, लमजुङ लगायतका जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।
यसअघि गत चैत १८ गते शनिबार दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
An Earthquake of local magnitude (Ml) 4.1 occurred around Baluwa of Gorkha district at 18:50 on 2079/12/28
NEMRC/DMG.@NEOCOfficial @NDRRMA_Nepal— NEMRC, Nepal (@NepalNsc) April 11, 2023