२ जेष्ठ २०८१, बुधबार

संसद भवनअघि फेरि अर्को आत्मदाह प्रयास, प्रहरीले जोगायो


संसद भवनअघि

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । संघीय संसद भवनको एक नम्बर गेट अगाडि एकजना व्यक्तिले आज आत्मदाहको प्रयास गरेका हुन् ।

उनले आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाउने प्रयास गरेका थिए । उनलाई प्रहरीले तत्कालै प्रहरीले बचाएर प्रकाउ समेत गरेकाे छ । आत्मदाहकाे प्रयास गर्ने युवककाे अझसम्म पहिचान खुलेकाे छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक तनावका कारणले आत्मदाहको प्रयास गरेको देखिएको छ । मकवानपुर जिल्ला घर भएका ५३ वर्षीय ती पुरुष मर्छु भन्दै दुईवटा ग्यालिनमा पेट्रोल बोकेर हिँडेको भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनलाई प्रहरीले सम्झाएर परिवारको जिम्मा लगाउने भएको छ । केही महिनायता नेपालमा आत्मदाह गर्ने क्रम बढेको छ ।

यसअघि संसद भवनअघि नै माघ १० गते मंगलवार दिउँसो इलामको पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाउँदा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !