३ असार २०८१, सोमबार

वैदशिक रोजगारीबाट फर्किएका पुरुषले पोखरामा गरे आत्मदाह


शव फेला

पोखरा । पोखरामा मंगलबार एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका-१७ समृद्धि मार्गमा बस्ने नन्दप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको कास्की प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार स्याङ्जा अर्जुनचौपारी-१ स्थायी घर भएका अर्यालले आज मंगलबार दिउँसो करिब ३ बजे शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । तीन तले भवनको दोस्रो फ्ल्याटको कोठाभित्र शरीर जलेको अवस्थामा अर्यालले शव भेटिएको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको अवस्थामा भित्रबाट चुकुल लगाएर आगो लगाएको देखिएको प्रहरीले बताएको छ । अर्यालको कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी ६ महिनाअघि मात्रै वैदेशिक रोजगारी गरेर कतारदेखि फर्किएका थिए भने उनी फेरि जाने तयारीमा रहेका थिए ।

प्रहरीले तत्काल उद्धारको प्रयास गरेको भएपनि उनको मृत्यु भइसकेको थियो । अर्यालका एक श्रीमती एक छोरी रहेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान जारी राखेको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !