७ बैशाख २०८१, शुक्रबार

आजदेखि काठमाडौंका यी क्षेत्रमा आइतबारसम्म सवारी आवगमन प्रभावित हुने


सेतो मच्छेन्द्रनाथ

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । महानगरद्वारा जारी सूचनामा सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने उल्लेख गरिएको छ ।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको काठमाडौँ महानगरले जनाएको छ । महानगरका अनुसार आज चैत १५ गते तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ ।

यस्तै चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।

महानरगका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !