७ बैशाख २०८१, शुक्रबार

नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन महानगरको ७ दिने अल्टिमेटम


काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी बहाव, नदी उकास, नदी किनार तथा नदी कोरिडोर सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

काठमाडौँ महानगले आज एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना एक साताभित्र अन्यत्र सार्न सूचित गरेको हो ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ हेर्नुहोस् काठमाडौँ महानगरले निकालेको सूचना

यस्तो छ हेर्नुहोस् काठमाडौँ महानगरले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !