काठमाडौं । सञ्चार तथा सूूचना प्रविधि मन्त्री रेखा शर्माले नारी अनलाइन पत्रिकाको शुुभारम्भ गरेकी छन् । सञ्चारमन्त्री शर्माले आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सञ्चारमन्त्री शर्माले नारी अनलाइन पत्रिकाको शुुभारम्भ गरेकी हुन् ।
मन्त्री शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताएकी छन् । विकृति र विसंगतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुुपर्ने बताइन् ।
उनले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताइन् । विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उनले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रुपमा लिनुुपर्ने बताइन् ।
पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुको विकल्प नरहेको उनले बताइन् ।
समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहेकी मन्त्री शर्माले भनिन्– ‘हिजो हामी जनयुुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपथ्र्यो, अहिले निकै माथिल्लो तहमा पुुगेका महिलाहरुमा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’
विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उनले थपिन्– ‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरुको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’
अर्को एक प्रसंगमा अहिलेसम्म अनलाइन मिडियालाई कानुुननले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिइन् । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरुको समिति बनाएर काम थालिएको पनि उनले जानकारी दिइन् । नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलाई कसरी जोड्न सकिन्छ सुुझाव दिन पनि उनले सबैलाई आग्रह गरिन् ।