७ बैशाख २०८१, शुक्रबार

भिजिट भिसामा विदेश हिँडेका १७२८ जनालाई विमानस्थलबाट फर्काइयो


वैदेशिक रोजगारीवाट गरी विदेशवाट घर फर्किए

काठमाण्डौ । भिजिट भिसामा विदेश हिँडेका १७२८ जनालाई विमानस्थलबाट फर्काएको छ । भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७२८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको हो ।

२०७९ वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७२८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार फागुन महिनाको २५ दिनमा मात्रै खाडीका विभिन्न देशमा काम गर्ने उद्देश्यले भिजिट भिसामा हिँडेका ४७६ जनालाई विमानस्थलबाट फकाइएको छ ।

विमानस्थलमा सोधपुछको क्रममा सरकारी नियम विपरीत उनीहरू पासपोर्टमा भिजिट भिसा लगाए पनि काम गर्नका लागि खाडीका देश यूएई, ओमान, कुवेत, कतार, कुवेत बहराइनजस्ता देशमा हिँडेको पाइएपछि ब्युरोले विमानस्थलबाटै फर्काएको हो ।

यसरी फर्काइनेमा धेरैजसो महिलाहरू रहेका छन् । महिलाहरूलाई विभिन्न गैरकानुनी एजेण्टहरुले गाउँबाट काठमाण्डौ ल्याउने र पासपोर्ट बनाउनेदेखि जहाज टिकटसम्म आफैँले काटेर भिजिट भिसामा खाडीका देशमा घरेलु काममा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !