१४ बैशाख २०८१, शुक्रबार

यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डीएसपी विष्ट रानीपोखरी तानिए


रविन विष्ट

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प गर्ने यातायात व्यवसायी र मजदुरको आन्दोलनपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ ।

यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डीएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको हो । प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

हिजो सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेका दुईवटा गाडी तोडफोड र आगजनी गरेका थिए । यातायात मजदुरले बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड र आगजनी भएको थियो ।

डिएसपी विष्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप लागेको छ । यस्तै नयाँ बसपार्कमा रहेको ल्होत्से मलस्थित मोबाइल पसलमा भिडले छिरेर लुटपाट समेत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !