१३ बैशाख २०८१, बिहिबार

मैतीदेवी चोकको प्रहरी बिटमा चल्यो महानगरको डोजर


महानगरको डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित नेपाल प्रहरीको बिटमा डोजर चलाएको छ । आज मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो ।

महानगरपालिकाले नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको हो । मैतीदेवी चोकमा सडक र फुटपाथ छेकिने गरी मिचेर बनाइएकोले सवारी आवागमनमा समेत समस्या भएको थियो । उक्त बिट भत्काइएपछि अन्यत्र व्यवस्थापन गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !