१२ बैशाख २०८१, बुधबार

विमान दुर्घटना : थप एक जनाको शव भेटियो, ७० जनाको शव फेला


पोखरा विमान दुर्घटना

पोखरा । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ७० जनाको शव फेला परेको छ । पोखरा विमान दुर्घटनामा हराइरहेकामध्ये थप एक जनाको शव भेटिएको हो ।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो । अझै २ जनाको अवस्था अज्ञात रहेकोले घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ । यस्तै अहिलेसम्म ३८ जनाको शव पहिचान भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !