११ बैशाख २०८१, मंगलबार

बैतडी जीप दुर्घटना (अपडेट) : ४ जनाको मृत्यु


बैतडीमा जीप दुर्घटना

बैतडी । बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका-७ थुम भन्ने स्थानमा प्रहरी चढेको जीप आज बिहान ७ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको हो । १२ जना सवार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रहरीको घुम्ती टोली सवार उक्त जिप बैतडीबाट पाटनतर्फ आइरहेको थियो । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

दुर्घटनापछि जिप टुक्राटुक्रा भएको प्रहरीले बताएको छ । घाइते ६ जनालाई उपचारका लागि पाटनस्थित अस्पताल पठाइएको छ । यद्यपि मृतक र घाइते प्रहरीको अझसम्म पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ । उक्त दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

*४ जना हुनुपर्नेमा ५ जना भएकोमा सच्चाइएको गरिएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !