४ असार २०८१, मंगलबार

विश्वकप फुटबल हेर्न ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि अतिरिक्त ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चले विश्वकप फुटबलको नाममा प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अतिरिक्त शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको हो ।

मंसीर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय गरेकोले सोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले पैसा उठाउने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश जारी गर्दै थप छलफलका लागि दुवै पक्षलाई कात्तिक २७ गते बोलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !