६ बैशाख २०८१, बिहिबार

दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु


करेन्ट लागेर

जनकपुरधाम । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !