८ जेष्ठ २०८१, मंगलबार

शताब्दी पुरुष जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पतालमै राखिने


सत्यमोहन जोशी

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमै उनको शरीर अध्ययनका लागि राखिने भएको हो ।

जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नगल्ने केमिकल प्रयोग गरेर उक्त मेडिकल कलेजमै राखिने अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।

सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार राखिने भएको हो । किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएपछि राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने भएका हुन् ।आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने भएको हो ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।

यस्तो छ हेर्नुहोस् किष्ट मेडिकल कलेजले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !