१८ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारीद्वारा महानवमीमा नव कन्याको पूजा


राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ । शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएका छन् ।

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !