७ मंसिर २०८१, शुक्रबार

उपत्यकाबाट बाहिरिने लामो र छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण आजदेखि अनिवार्य


नयाँ बसपार्क फाइल फोटो

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो र छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण आजदेखि अनिवार्य गरिएको छ । दशैंको समयमा सम्भावित दुर्घटनबट बच्न र यात्रा सफल बनाउने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

नेपालको महान चाड वडादसैंमा काठमाडौं उपत्यकाबाट विभिन्न स्थानका लागि ठुलो संख्यामा मानिसहरु बाहिरिने गरेका छन् । धेरैजसो यात्रुहरु सर्वजनिक यातायातबाट यात्रा गर्ने भएकाले यात्रुहरुको सुरक्षालाई मध्य नजर गर्दै गृह मन्त्रालयले आजदेखि अनिवार्य रुपमा सवारीको यान्त्रिक परिक्षण गर्नुपर्ने व्यवस्था गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !