४ बैशाख २०८१, मंगलबार

बालेनको डोजरले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै


वीर अस्पतालका टहराका फार्मेसी

काठमाडौँ । अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको अभियान आज पनि भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको नजर वीर अस्पतालतिर गएकोले आज उक्त अस्पताल निशानामा परेको हो ।

काठमाडौँ महानगरको डोजरलले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै छ । वीर अस्पताल अगाडी बनेका अवैध संरचनाहर काठमाडौं महानगरले आज भत्काउने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालपत्रलाई जानकारी दिए ।

आज दिउँसो १ बजे वीर अस्पताल अगाडि संचालनमा रहेका फार्मेसीहरुका टहराहरु भत्काउन लागेको हो । हिजो बुधबार सो स्थानका टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएपनि अटेर गरेकोले महानगरले डोजर लगाएर भत्काउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !