बालेनको डोजरले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै Nepalpatra बालेनको डोजरले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै
१५ आश्विन २०७९, शनिबार

बालेनको डोजरले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै


वीर अस्पतालका टहराका फार्मेसी

काठमाडौँ । अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको अभियान आज पनि भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको नजर वीर अस्पतालतिर गएकोले आज उक्त अस्पताल निशानामा परेको हो ।

काठमाडौँ महानगरको डोजरलले आज वीर अस्पतालका टहराका फार्मेसी भत्काउँदै छ । वीर अस्पताल अगाडी बनेका अवैध संरचनाहर काठमाडौं महानगरले आज भत्काउने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालपत्रलाई जानकारी दिए ।

आज दिउँसो १ बजे वीर अस्पताल अगाडि संचालनमा रहेका फार्मेसीहरुका टहराहरु भत्काउन लागेको हो । हिजो बुधबार सो स्थानका टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएपनि अटेर गरेकोले महानगरले डोजर लगाएर भत्काउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !