१२ बैशाख २०८१, बुधबार

कैलालीमा भारतबाट फर्किएलगत्तै श्रीमतीको हत्या, छोराछोरी घाइते


हत्या

धनगढी । कैलालीमा भारतबाट फर्किएलगत्तै एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् भने धारिलो हतियार प्रयोगबाट छोराछोरी घाइते भएका छन् ।

कैलालको गौरीगंगा नगरपालिका–५ का करिब ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले ३२ वर्षीया पत्नी ललिताको हत्या गरेका हुन् । धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या हरेक ती व्यक्ति फरार रहेका छन् ।

ललिताको शव बिहीबार बिहान हत्या गरेको अवस्थामा घरमै भेटिएको हो । हिजो बुधबार राति उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

१७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् । उनीहरूको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिन्छ ।

रोजगारीका लागि भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घर फर्किएलगत्तै श्रीमतीसँग शेरबहादुरको विवाद भएको र हत्या गरी फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !