१२ असार २०८१, बुधबार

धनगढीमा डा. गोविन्द केसीले सुरु गरे अनशन


डा. गोविन्द केसी फाइल फोटो

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं सत्याग्रही चिकित्सक डा. गोविन्द केसीले आजदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन् । आफ्नो माग पूरा गर्न दिएको समयसीमा सरकारले बेवास्ता गरेको भन्दै उनी धनगढी अनशन बसेका हुन् ।

उनले आज साँझदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा २० औँ सत्याग्रह सुरु गरेका हुन् । केसीले पछिल्लो समय सरकारसँग माग राख्दै आएका छन् ।

भदौ १२ देखि सुरु गर्ने भनिएको पूर्वनिर्धारित सत्याग्रह सरकारले केही समय माग मागेर पुरा गर्ने भनेपछि दुई साताका लागि स्थगित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !